गृह पृष्ठ

कुलुङ जाति सूचीकृत हुन नसकेको गुनासो


२८ जेष्ठ २०८०, आइतबार ००:००


कुलुङ सभ्यता र संस्कृतिका विषय समेटिएको ‘किराती कुलुङ संस्कार–संस्कृति (कूलू रिदुम होदुम) पुस्तक विमोचन गरिएको छ । नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घले एक कार्यक्रम आयोजना गरी कुलुङ संस्कृति र पहिचानसँग जोडिएर पुस्तक तयार गरिएको सङ्घका अध्यक्ष चन्द्रसिंह कुलुङले जानकारी दिए ।

“पुस्तकले कुलुङको सभ्यता र संस्कृतिको विषयमा जानकारी दिनेछ । यो आवश्यक थियो, यसलाई तपाईंमाझ ल्याउन सफल भएका छौँ”, अध्यक्ष कुलुङले भने ।

“पुस्तकले कुलुङ संस्कृति र संस्कारलाई बुझ्न झनै मद्दत गर्छ”, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले भने । उनले कार्यक्रममा वक्ताहरूले औँल्याएका समस्यालाई आफूले गम्भीरतापूर्वक लिएको बताए ।

कार्यक्रममा उपस्थित वक्ताले कुलुङ जातिलाई हालसम्म अन्य समुदायले ‘राई’ भनेर चिन्ने गरेको, नेपालका अन्य जातजातिजस्तै कुलुङको अलग्गै जातीय बनोट, स्वपहिचान, ऐतिहासिक भूमि, वंश–परम्परा, मातृभाषा, वेशभूषा, संस्कार, रीतिथिति आदि रहेको बताएका थिए । कुलुङ जाति सूचीकृत हुन नसकेको उनीहरूको गुनासो थियो ।

प्रकाशित : २८ जेष्ठ २०८०, आइतबार ००:००