ताजा घटना

केबलकार एक आपसमा ठोक्किँएर २ जनाको मृत्यु,कैयौं घाइते


२९ चैत्र २०७८, मंगलबार ००:००


काठमाडौँ, झारखण्डको देवघर जिल्लाको बाबा वैद्यनाथ मन्दिर नजिकै त्रिकुट पहाडमा आइतबार रोपवेमा रहेका केही केबलकारहरू एक आपसमा ठो’क्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्।

अधिकारीहरुका अनुसार अहिलेसम्म ८ जनाको उद्धार गरिएको छ भने ४० जना अझै पनि रोपवेका कम्तीमा १२ वटा केबिनमा फसेका छन् र उद्धार कार्य जारी छ । प्रारम्भिक दृष्टिले, केबुलकारको ठ’क्करबाट प्राविधिक कारणले घटना भएको देखिन्छ, एक अधिकारीले भने, यद्यपि, यकिन कारण पत्ता लगाउन बाँकी छ। घटनास्थलबाट डिसी र प्रहरी उपरीक्षक सुभाषचन्द्र जाटले उद्धार कार्यको अनुगमन गरिरहेका छन् ।

स्थिति पूर्ण रूपमा नियन्त्रणमा छ। केही मानिस अझै पनि रोपवेमा केबलकारमा फसेका छन् र उनीहरुको उद्धार भइरहेको छ । इन्डिया टुडेले केबलकारमा अड्किएकाहरूको सोमबार दिउँसोसम्म उद्धार हुन नसकेको उल्लेख गरेको छ। १२ वटा केबलकारमा अहिले पनि ४८ जना मानिसहरू केबलकारमा अड्किएका छन्।

केबलकारमा रोकिएकाहरूलाई ड्रोनको सहायताले खाना र पानी पुर्‍याइएको छ। भारतीय वायु सेनाको हेलिकप्टरको सहायताले उनीहरूको उद्धार प्रयास भइरहेको छ। नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार ००:००