काठमाडौं,राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गत चैत १५ गते कोटेश्वर र जडीबुटी क्षेत्रमा राजवादीले आगो लगाएको नभइ माओवादीले आगो लगाएको बताएका छन् ।
बल्खुमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै शाहीले त्यसदिन राजावादीबीचमा घुसपैठ गरेर आगजनी गरिएको बताएका हुन् । ‘जडीबुटी कम्पनीमा आगो लगाउने माओवादी कार्यकर्ता रहेको पुष्टि भइसकेको छ।
राजाबादीले आगो लगाएका होइनन्,अहिलेका गणतान्त्रिक दलहरू एकपछि अर्को काण्डमा पर्दै गएको उनको आरोप छ । काण्डमा पर्दै गएकाहरू एक दिन जेल जाने छन्। प्रदर्शन गरेकै आधारमा हाम्रा नेतालाई थुनिएको छ । हामी यो व्यवस्था पल्टाएर छाड्ने छौं,’ उनले भने। उनले यो देश राजसंस्था र जनताले आर्जिएकाले गणतन्त्रबादीले धेरै फुर्ति लगाउन नहुने चेतावनी दिएका छन् ।










प्रतिक्रिया