गृह पृष्ठ

क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु


८ चैत्र २०८१, शनिबार ००:००


महोत्तरीको एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । एकडारा गाउँपालिका– ४ का श्रवण यादवका १० वर्षीय छोरा आलोककुमारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालले बताए ।

गाउँका साथीहरुसँग सोही पालिका–३ स्थित वनमा रहेको एउटा खेतमा बनाइएको क्रिकेट मैदानमा खेल्न गएका आलोक खेल मैदान नजिकको पोखरीमा डुबेका उनले जानकारी दिए ।

प्रकाशित : ८ चैत्र २०८१, शनिबार ००:००