गृह पृष्ठ

खोटाङमा ठुलो आवाजसहित भेटिएको अनौठो ढुंगा नाष्ट पठाइयो


११ असार २०८०, सोमबार ००:००


खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर–१ याम्खामा भेटिएको अनौठो ढुंगा परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) पठाइएको छ ।

बुधबार दिउँसो अन्दाजी साढे तीन बजे विष्पोटक पदार्थ पड्किएझै ठुलो आवाजसहित किसानको खेतमा फेला परेको कालो रंगको अनौठो ढुंगा बिहिबार परिक्षणका लागि नाष्ट पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक (डिएसपी) मञ्जिल मुकारुङले जानकारी दिए ।

उनका अनुसार विष्पोटक पदार्थ पड्किएझै आवाज आएको केही मिनेटमै याम्खाका स्थानीय हरी कार्कीले आफ्नो खेतमा अनौठोको ढुंगा फेला पारेका थिए । कार्कीले ढुंगा फेला पारेको थाहा पाएपछि याम्खा प्रहरी चौकीले ढुंगा नियन्त्रणमा लिएको थियो । असार ६ गते करिब १०÷१२ पटक जमिन नै हल्लिने ठुलो आवाज आएपछि बारीमा ढुंगा फेला परेको बताइएको छ ।

प्रकाशित : ११ असार २०८०, सोमबार ००:००