गृह पृष्ठ

खोटाङमा डेढ महिनादेखि जारी स्वीटर बुन्ने तालिम सम्पन्न


११ जेष्ठ २०८०, बिहिबार ००:००


खोटाङको रावाबेसी गाउँपालिका–५ दुवेकोलमा डेढ महिनादेखि जारी स्वीटर बुन्ने तालिम सकिएको छ । “सिप सिकौँ स्वरोजगार वनौँ, समृद्ध नेपाल निर्माण गरौँ ।” भन्ने मूल नाराका साथ गत चैत्र २७ गतेबाट सुरु भएको तालिम आज बुधबार सकिएको हो ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक सहयोगमा रावाबेसी गाउँपालिकाले आयोजना गरेको तालिममा दुवेकोलका १५ जना महिलाहरुको सहभागीता रहेको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिए ।

महिलाहरुलाई आत्मनिर्भर बनाई आर्थिक उपार्जनसँग जोड्ने उदेश्यका साथ तालिमको आयोजना गरेको गाउँपालिकाले जनाएको छ । तालिमको सहजीकरण गाउँपालिका उद्यम विकास शाखा सहजकर्ता प्रियंका खालिङ्ग राई, सेसेना लिम्बु र घरेलु तथा साना उद्योग कार्यालय खोटाङका विमालक्ष्मी राईले गरेका थिए ।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहिबार ००:००