गृह पृष्ठ

गणतन्त्र उत्सवका लागि झाँकीसहितको र्‍याली भृकुटीमण्डपमा


१६ जेष्ठ २०८२, बिहिबार ००:००


काठमाडौँ, नेकपा एमालेले आयोजना गरेको गणतन्त्र उत्सवका लागि विभिन्न ठाउँबाट झाँकीसहितको र्‍याली कार्यक्रमस्थल भृकुटीमण्डप पुगिरहेको छ । गणतन्त्र उत्सव र्‍याली पद्मकन्या क्याम्पस,बागबजार अगाडिबाट,अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेसभुसा,सांस्कृतिक झाकी र्‍यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पुगेका हुन् ।

भृकुटीमण्डपबाट बृहत् र्‍याली रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम रहको छ । गणतन्त्र उत्सवका र्‍यालीका लागि भेला भइरहेका छौँ, गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलो पटक उत्सवका रूपमा मनाउन लागिएको हो ।

नेकपा एमाले का प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले भने, ‘सुरुमा र्‍याली सुरु भएर भृकुटीमण्डपमा भेला हुन्छौ, वृहत् र्‍यालीसहित रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर गणतन्त्र सम्बोधन हुनेछ । एमालेले गणतन्त्रका पक्षहरू शक्तिहरूलाई पनि गणतन्त्र उत्सवमा सहभागी हुने अपिल गरेको थियो । गणतन्त्र उत्सवको र्‍यालीमा नारा गणतन्त्रको पक्षमा नारा लगाइएको छ ।

प्रकाशित : १६ जेष्ठ २०८२, बिहिबार ००:००