काठमाडौं, नेपाली कांग्रेसले गण्डकीमा रिक्त सांसदमा सुनिता थापालाई पठाउने निर्णय लिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको हो ।
कांग्रेस सांसद विमला गौचनको मृत्यु भएका कारणले अर्को व्यक्तिलाई सांसद बनाइएको हो । समानुपातिक सूचीमा गौचन पछि रहेकी स्याङ्जाकी थापालाई सांसद बनाउने निर्णय भएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी गराए । ‘समानुपातिक पदको पूर्ति गर्न सुनिता थापालाई प्रस्ताव पठाउने विषयलाई बैठकले अनुमोदन गर्यो,’ महतले भने ।
याे पनि पढनुहाेसः
काठमाडौं, सिमेन्ट उत्पादकसँग सरकारले मूल्यसूची मागेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार निर्माण व्यवसायी र सिमेन्ट उत्पादकसँग गरेको छलफलपछि मूल्यसूची मागिएको विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए ।
मूल्य बढ्नुपर्ने आधारसहित सात दिनभित्र मूल्यसूची बुझाउन निर्देशन दिएका छौं,उनले भने, ‘त्यसका आधारमा हामी निर्णयमा पुग्छौं । सिमेन्ट उत्पादक व्यवसायीले सरकारी सिमेन्ट उद्योग उदयपुर सिमेन्ट र हेटौंडा सिमेन्टको तुलनामा निजी उत्पादकले बढाएको सिमेन्टको मूल्य कम भएको जानकारी विभागमा गराएका थिए ।
सोहीकारण विभागले मूल्य तुलना गर्न चाहेको उनको भनाइ छ । निर्माण व्यवसायीले भने निर्माणको सिजनमै सिमेन्टको मूल्य प्रतिबोरा २ सय रुपैयाँसम्म बढेको र त्यसमा पनि ‘कार्टेलिङ’ भएको भन्दै उद्योग मन्त्रालय र विभागमा निवेदन दिएका थिए । त्यसपछि विभागले उनीहरूलाई छलफलमा बोलाएको हो ।










प्रतिक्रिया