कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनी विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका हुन् । उनीविरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
त्यसपछि उनी आज आफैं हाजिर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ । चौधरी लोसपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।











प्रतिक्रिया