काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । गुहेश्वरी र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले छठको पूजा गरेका हुन् । छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंगलबार देखि सुरु भएको हो । तराइबासी नेपालीको ठूलो पर्व छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको गौरीबाटस्थित वाग्मती नदी किनारमा निर्माण गरिएको छठघाटमा पुगेका छन् ।
त्यहाँ उनले छठीमाइको पूजा गरेका हुन् । छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । छठ पर्व मनाउन यसअघिदेखि नै राष्ट्रप्रमुख पनि जाने प्रचलन थियो। गौरीघाटबाट फर्किएका राष्ट्रपति पौडेल कमलपोखरीमा रहेको छठघाटमा पनि जाने तयारीमा छन् ।











प्रतिक्रिया