मुख्य खवर

गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ


८ जेष्ठ २०८२, बुधबार ००:००


काठमाडौं, गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् । उनलाई केहीबेर अघिमात्रै प्रहरीले नियन्त्रणमा लिएको हो । उनी हिजो बेलुकीमात्रै सरुवा भएर गृह मन्त्रालय पुगेका थिए ।

यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए । अख्तियारले केहीबेर अघिमात्रै विमानस्थल अध्यागमनमा छापा मारेको थियो । थप विवरण आउन बाँकी छ ।

प्रकाशित : ८ जेष्ठ २०८२, बुधबार ००:००