गृह पृष्ठ

गौरापर्वमा नाराबाजी भएपछि,देउवाले ‘कार्यक्रम बिथोल्ने, लाज छैन भन्दै जंगिए


१० भाद्र २०८१, सोमबार ००:००


काठमाडौं, टुँडिखेलमा गौरापर्वमा नेताहरु विरुद्ध नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन् । प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेताहरु उपस्थित रहेको टुँडिखेलमा आयोजित कार्यक्रममा उनीहरु विरुद्ध नाराबाजी भएको थियो ।

नेताहरु विरुद्ध नाराबाजी गर्नेहरुलाई देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् भन्दै आक्रोशित भएका छन । कार्यक्रममा उपस्थित भएकाहरुलाई देउवाले ‘कार्यक्रम बिथोल्ने, लाज छैन भन्दै जंगिए । यही हो नेपालको चलन ? यही हो सिकेर आएको ? गौरापर्व खेल्न र हेर्न आएकाहरुलाई कार्यक्रम बिथोल्नेहरुले असर पारेको उनले बताए । नाराबाजी गर्नेहरुसँग जंगिएपछि देउवा औपचारिक सम्बोधन सुरु गरेका थिए । सुदूरपश्चिम र कर्णालीको संस्कृति गौरापर्व भएको देउवाले बताएका छन ।

प्रकाशित : १० भाद्र २०८१, सोमबार ००:००