काठमाडौँ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीविरुद्ध मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि घुस मागेको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई ८० हजार रुपैयाँ घुससहित पक्राउ परेको थियो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान हुँदा ओलीले सेवा ग्राहीसँग घुस लिएको पुष्टि भएकाले बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिएर सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
याे पनि पढनुहाेसः
काठमाडौँ, सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.४१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६४५ मा कायम भएको छ । तीन दिन लगातार घटेको बजार चौथौ दिनमा २७.४१ अंकले बढेको हो ।
आज परिसूचक २६४५.३६ बिन्दुमा उक्लिएको छ । आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसले गर्दा कुल ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको नेप्सले जनाएको छ ।
आज जानकी फाइनान्स र डोल्टी पावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै रिभर फल्स पावर र मेन्छिएम हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो । सोमबार कारोबार रकमका हिसाबले नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । यसको ३३ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । आज कुल २१३ कम्पनीको मूल्य बढेको छ । २८ कम्पनीको घट्दा २ कम्पनीको मूल्य स्थिर रह्यो ।











प्रतिक्रिया