गृह पृष्ठ

चितवनको कुरिनटार जाँदै गरेको भ्यान दुर्घटना,११ जना घाइते


९ कार्तिक २०८१, शुक्रबार ००:००


काठमाडौं, काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान करिब साढे १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेको महादेवबेसीका सहायक हबल्दार दिपक श्रेष्ठले जानकारी दिएका छन । सो भ्यान मनकामना दर्शनका लागि जाँदै गरेकाहरुले रिजर्भ गरेका थिए ।

दुर्घटनामा घाइते भएकाहरुलाई महादेवबेसी प्रहरी लगायतले उद्धार गरेका थिए । घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको छ । भ्यान दुर्घटनाको कारण खुलिसकेको छैन । तर आफैं अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ९ कार्तिक २०८१, शुक्रबार ००:००