महोत्तरी जिल्ला अ’दालतले छोरालाई घाँ’टी थि’चेर ह’त्या गरेको आरोपमा एक सौतेनी आमालाई जे’ल चलान गरेको छ । जिल्लाको राम’गोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवी (सौ’तेनी आमा) ले पाँच वर्षीय छोरा रितेश यादवको घाँ’टी थि’चेर ह’त्या गरेको आ’रोपमा महोत्तरी जिल्ला अदालतले उनलाई आज पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ ।
सोही घटनामा संलग्न रहेको आ’रोपमा प’क्राउ परेका बुवा चन्द्रकिशोर यादवलाई साधारण तारेखमा छोडिएको छ । दश महिनाअघि जेठी पत्नी छँदाछँदै अर्को जातको कान्छी पत्नी (रागनी) भित्र्याएपछि चन्द्रकिशोरलाई जेठी पत्नीले पाँच वर्षीय र अढाई वर्षीय आफ्ना दुई सन्तान (छोरा) लाई पतिकै जिम्मा छा’डेर माइती गएर बस्दै आएका बेला गत साउन १४ गते दिउँसो उनको जेठो छोरा पाँच वर्षीय रितेशलाई सौतेनी आमा रागनीले घाँ’टी थि’चेर ह’त्या गरेको आ’रोपमा उनलाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि जे’ल पठाएको हो ।
सौतेनी आमा रा’गनीले बालक रितेशको घाँ’टी थि’चेर ह’त्या गरेर घरदेखि ५० मिटर टाढा रहेको चन्देश्वर साहको बारीमा रहेको अम्बाको रुख नजिकै रहेको परालको कुन्युमुनि छोपेर राखेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । यता घ’टनापश्चात् आमा र बुवा दुवै जना घरबाट फ’रार भएका थिए । प्रहरीले घ’टना घ’टाएकै दिन बुवालाई महोत्तरीबाटै र सौतेनी आमालाई धनुषा जिल्लाबाट प’क्राउ गरी उनीहरुमाथि कर्तव्य ज्या’न मु’द्दा चला’एको थियो ।









प्रतिक्रिया