गृह पृष्ठ

जंगली बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित केही व्यक्तिहरूमाथि छानबिन


१३ भाद्र २०८१, बिहिबार ००:००


काठमाडौं, सप्तरीमा जंगली बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहितका केही व्यक्तिहरूमाथि छानबिन अघि बढाइएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह योगिनायाँ कोशी पलार क्षेत्रमा जंगली बँदेल मारेको आरोपमा प्रहरीले छानबिन सुरु गरेको हो । प्रहरी स्रोतका अनुसार पूर्वडीआईजी ज्ञानविक्रम शाहसहितका करिब एक दर्जन व्यक्तिमाथि प्रहरीले छानबिन अघि बढाएको छ ।

उनीहरुले भने खेतबारीमा बाली खान आएका बेला बँदेल मारेको बताएका छन् । नेपाल सरकारले ७ मंसिर २०८० मा हानिकार वन्यजन्तु भनेर बँदेललाई घोषणा गरेको थियो ।
जसअनुसार बाली खान आएको बेला खेतबारीमै मार्न सकिने तर मारेको बँदेल जनप्रतिनिधिको रोहबरमा गाड्न वा मूल्य तोकी मासु बिक्रि वितरण गर्न समेत सकिने व्यवस्था रहेकाे छ ।

प्रकाशित : १३ भाद्र २०८१, बिहिबार ००:००