खेलकुद

जुडोका स्वर्ण पदक विजेता पेम्बा दोर्जी शेर्पालाई खुम्बुमा भब्य स्वागत


१७ श्रावण २०८२, शुक्रबार ००:००


एभरेष्ट जुडो क्लब,सोलुखुम्बुका चर्चित जुडो खेलाडी पेम्बा दोर्जी शेर्पालाई स्वागत गरिएको छ । खुम्बु पासाङ्ल्हामु गाउँपालिका–३,मोन्जोमा रहेको खुम्बियुल्हा महिला समूह र स्थानीय उपभोक्ताहरुले भव्य स्वागत गरेको नवाङ ल्हाक्पा शेर्पाले जानकारी दिनुभयो ।

राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्दै खेलकुदको माध्यमबाट जिल्लाको नाम उच्च बनाउने कार्यमा सक्रिय रहेका शेर्पालाई स्थानीयवासी र खुम्बियुल्हा महिलाहरुले खादासहित सांस्कृतिक झाँकीमार्फत स्वागत गरेका हुन्।

स्वागत समारोहमा स्थानीय अगुवाहरु,महिला समूहका प्रतिनिधिहरु, खेलप्रेमी युवा तथा विभिन्न सामाजिक संघसंस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो। खेलाडी शेर्पाले उक्त सम्मानले आफूमा थप प्रेरणा मिलेको बताउँदै भविष्यमा पनि देश तथा जिल्लाको नाम उचो बनाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले २०८१ जेठ महिनाको २६ र २७ गते विराट कोशी जुडो क्लबले आयोजना गरेको प्रदेश स्तरीय खेलमा सोलुखुम्बु जिल्लाबाट ५ जना खेलाडीहरु सहभागी भएका साथै उक्त ५ जना नै खेलाडीहरु प्रथम स्थान हासिल गरि स्वर्ण पदक विजेता बन्न सफल हुनु भएको थियो ।

प्रकाशित : १७ श्रावण २०८२, शुक्रबार ००:००