ताजा घटना

जोरपाटीमा बिहानैदेखी ग्याँसको मुस्लो,स्थानिय आतंकित


३ श्रावण २०७९, मंगलबार ००:००


साउन ३,काठमाडौं

काठमाडौंको जोरपाटीनजिकै एक घरमा  बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको हो।

बिहान करिब ९ बजेदेखी मुस्लो निस्किन थालेको अहिलेसम्म आईरहेको छ।
स्थानियका अनुसार बोरिङ का लागि ३२० मिटर गहिरो खनिएको थियो।

पानी ,ग्यास,लेदो र मसिना ढुङ्गाका टुक्रा- टुक्री समेत निस्कन थालेकोले उक्त घरवरपर सबैतिर आवात जावत बन्द गरिएको छ।

स्थानीय निर्मल अर्यालका अनुसार  घटनाको वास्तविकता पत्ता लगाउनका लागि खानी तथा भूगर्भ विभागका अधिकारीहरूलाई बोलाइएको छ । घटना स्थलमा अहिले प्रहरी,नगर प्रहरी,स्थानियहरुले घेरा दिईएको छ।
हेर्नुहोस भिडियोमा
https://youtu.be/3xL42YNYES0

प्रकाशित : ३ श्रावण २०७९, मंगलबार ००:००