काठमाडौं, झ्याप्ले खोलामा पुरिएका १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो ।
अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो
पहिरो पन्छाउने क्रममा यहाँ पुरिएको एउटा बस फेला परेको थियो जुन बसको अहिलेसम्म पहिचान गर्न सकिएको छैन। बस निकाल्ने क्रममा शव फेला परेको हो । बस पूरै निकाल्न बाँकी छ र बसको नम्बर प्लेट अझै पुरिएकै अवस्थामा छ।










प्रतिक्रिया