मुख्य खवर

टेलिकमका २०१ जना कर्मचारीहरुले ५ ग्राम सुन र २ तोला चाँदी मिश्रित दीर्घ सेवा पदक पाए


२२ माघ २०८१, मंगलबार ००:००


काठमाडौं, नेपाल टेलिकमका २०१ जना कर्मचारीहरुले दीर्घ सेवा पदक पाएका छन् । २१ औं वार्षिकोत्सवका अवसरमा टेलिकमले दीर्घ सेवा पदक वितरण गरेको हो । ५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक पाउनेहरुमा प्रबन्धकदेखि कार्यालय सहयोगीसम्मका पदमा कार्यरत कर्मचारीहरु छन् ।

उनीहरुलाई एक महिना बराबरको तलब समेत थपेर दिइएको छ । नेपाल टेलिकमका सहप्रवक्ता नवीन कुमार मिश्रले भने,‘स्थायी सेवामा २० वर्ष अवधि पूरा गरेका २०१ जना कर्मचारीहरुलाई पाँचग्राम सुन र केही चाँदी मिसिएको तक्मा र सरकारी स्केल अनुसार एक महिनाको तलब दिइएको छ ।

पदक सबैलाई समान भए पनि तलब रकम भने उनीहरुको पदअनुसार फरक–फरक रहेको उनले बताए । पदक पाउने कर्मचारीहरु २०५८ कात्तिक २२ देखि २०६१ माघ १० गतेसम्म स्थायी भएकाहरु छन् । सहप्रवक्ता मिश्रले भने,‘दीर्घ सेवा पदक र एक महिना बराबरको तलब वितरण पहिले पनि हुन्थ्यो । यो पुरानै निरन्तरता हो ।

प्रकाशित : २२ माघ २०८१, मंगलबार ००:००