ताप्लेजुङ मुक्कुम्लुङमा चलिरहेको आन्दोलनको समाचार सम्प्रेषण तथा रिपोर्टिङ गरिरहेका सञ्चारकर्मीहरुमाथि कुटपिटसँगै अपहरण गरि क्यामेरा समेत खोसिएको छ।

महाकुलुङ मिडिया प्रालिका रिपोर्टर रेगन राईको क्यामेरा खोसिएको छ भने गोल्डेन टिभिका संचालक अनुप योङ्हाङलाई अपहरण गरिएको छ । निर्माणाधिन केबलकारका ठेकेदार इन्द्र केदेम लगायतको समुहले काफ्लेपाटीमा रिपोर्टिङ गरिरहेका सञ्चारकर्मीहरुमाथि एक्कासी आक्रमण गरि क्यामेरा खोसेका हाे ।

आज बिहान ९ बजेर १५ मिनेटको समयमा सञ्चारकर्मीहरुले रिपाेर्टिङ गरिरहेकाे अवस्थामा एक्कासी ९/१० जनाकाे टाेली आएर सञ्चारकर्मीहरुमाथि हातपात गर्दै खनिएका थिए । ताप्लेजुङ स्थित सानो फेदीमा अहिले पनि तनावग्रस्त अवस्था रहेकाे छ । नो केबलकार पक्ष र केबलकार पक्ष बिच निरन्तर रुपमा आन्दोलन चर्किरहेको छ।

पहिचानबादी नेता खगेन्द्र माखिमका अनुसार बिहान ९ बजेर १५ मिनेटको समयमा एक्कासी ठेकदार इन्द्र केदेम सहितको समुहले रिपोर्टिङ गरिरहेका सञ्चारकर्मीहरुमाथि हातपात गरि क्यामेरा खोसेर लगेकाे हाे ।
फागुन ६ देखि ८ गतेसम्म मुक्कुम्लुङ शान्ती पदयात्राको आयोजना गर्दै नो केबलकार पक्ष अहिले ताप्लेजुङ स्थित पबित्र तिर्थस्थल मुक्कुम्लुङ क्षेत्रमा केन्द्रित भएका छन। विभिन्न राजनितीक दलका शिर्ष नेताहरु, बुद्विजिवी,सामाजिक अभियन्ताहरु केबलकारको बिरोध गर्दै पदयात्रामा सामेल भएका हुन।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको उपस्तिथिमा फुङ्लिङ नगरपालिकाबाट पाथीभरा मुक्कुम्लुङ मन्दिरसम्म केबलकार विरोधी पदयात्रा गरेको छन् । पदयात्रामा करिब ३०० बढीको सहभागीता रहेकाे छ।
सहभागीहरूले उक्त परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएका थिए । उनीहरूले स्थानीय संस्कृति र इतिहासको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

राजेन्द्र महतोले पदयात्रा कार्यक्रमलाइ सम्बाेधन गर्दै ‘मुकुम्लुङको संस्कृति तथा चोत्लुङ सभ्यता नष्ट गर्ने कार्य कुनै पनि हालतमा सह्य नहुने बताएका छन् । जबसम्म केबलकार निर्माण कार्य बन्द हुँदैन, तबसम्म संघर्ष जारी रहनेमा समेत जाेड दिएका छन् ।

उनले सरकारलाई सचेत गराउँदै केबलकार परियोजना रोक्न र स्थानीय सभ्यता जोगाउन आवश्यक कदम चाल्न आग्रह गरेका छन् । राज्यले नागरिकका आवाजलाई नसुनिएको खण्डमा आन्दोलन थप सशक्त बनाइने चेतावनी दिए ।
ठेकेदार इन्द्र केदेमको समुहले सञ्चारकर्मीहरुमाथि यसरी आक्रमण गरेका थिए । पुरा भिडियो …..











प्रतिक्रिया