गृह पृष्ठ

तनहुँमा ॐ सेवा समाज कल्याण संस्थाको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न


२० भाद्र २०७९, सोमबार ००:००


काठमाडौं । “आफू बाचाैं र अरुलाई पनि बचाअाैं” भन्ने मुल नाराका साथ गएको शनिबार भदैा १८ गते ब्यास नगरपालिका वडा नम्बर ०१, दमौलीको तनहुँमा ॐ सेवा समाज कल्याण संस्थाको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । गएको केहि महिना अगाडि मात्र दर्ता गरिसकेको ॐ सेवा समाज कल्याण संस्थाको केक काटेर ब्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ नाथ न्यौपानेको बाहुलीबाट उद्घाटन गरिएको थियो ।

संस्थाको अध्यक्ष धर्म अधिकारीको अध्यक्षतामा र ब्यास नगरपालिकाका मेयर बैकुण्ठ नाथ न्यौपानेको प्रमुख आतिथ्यमा साथै सोही ब्यास नगरपालिकाकै उप-प्रमुख इन्दिरा दरैको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा ११ नम्बर वडाका वडा अध्यक्ष दलबहादुर बुढाको पनि उपस्थिति रहेको थियो । विशेषत : ३ वटा संस्था ॐ सेवा समाज, माउन्ट एभरेष्ट टिम र टिकटक राहत वितरण टिमका पदाधिकारीहरु, सदस्यहरु पोखरा र काठमाडौंबाट उपस्थित भएको थियो भने अन्य थुप्रै ब्यक्तिहरुले बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सफलतापुर्बक सम्पन्न गर्नको लागि संस्थापक एवम् अत्यन्तै मनकारी, दिलदार ब्याक्तित्व पुर्ब ताप्लेजुङको माटोले जन्माएका हाल जापानमा कार्यरत समाजसेवी टासी तेन्जिङ ईलावा शेर्पाले आर्थिक रुपले निक्कै ठुलो सहयोग समेत गरेका थिए ।

ब्यास नगरपालिकाका नगर प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि बैकुण्ठ नाथ न्यौपानेले कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाले गरेको यस्तो दिनदुखीको मानवीय सेवामा समर्पित कार्यक्रमको खुलेरै प्रशंसा गरेका थिए । संस्थालाई धन्यवाद ज्ञापन गर्दै यस्तो महत्त्वपूर्ण कार्यक्रममा प्रमुख अतिथि बोलाउनु भएकोमा खुशी व्यक्त गरेको थिए । संस्थाको उन्नति र प्रगतिको शुभकामना समेत व्यक्त गरेका थिए । आगामी दिनमा सामाजिक हितका निम्ति संस्थाले गर्ने जस्तोसुकै कामहरूमा ब्यास नगरपालिका र नगर सरकारको तर्फबाट भौतिक, बौद्धिक र आर्थिक हिसाबले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

ब्यास नगरपालिकाका उप-प्रमुख एवम् कार्यक्रमका बिशेष अतिथि इन्दिरा दरैले टिकटक सामाजिक सञ्जाललाई सहि सदुपयोग गरि देश-बिदेशमा रहेर यसरी सामाजिक कार्य अर्थात् दिन दुखीहरुको सेवा गर्नु आफैंमा उदाहरणीय कार्य रहेको बताए । मञ्चबाटै हाल जापानमा कार्यरत समाजसेवी टासी तेन्जिङ ईलावा शेर्पालाई धन्यवाद समेत दिएका थिए ।
त्यस्तै गरि ब्यास नगरपालिका ११ नम्बर वडाका वडा अध्यक्ष दलबहादुर बुढाले स्थानीय सरकारको तर्फबाट वडा सरकारले खेल्नुपर्ने भुमिका र गर्नुपर्ने आवश्यक सहयोग गर्न समेत प्रतिबद्धता व्यक्त गरेका थिए । 

प्रकाशित : २० भाद्र २०७९, सोमबार ००:००