त्रिशुली नदीमा चामल बोकेको ट्रक खसको छ । मंगलबार बिहान नवलपरासीबाट चामल बोकेर काठमाण्डौ जादै गरेको लु २ ख ३५० नम्बरको १२ चक्के ट्रक धादिङ्गको बेनिघाट रोराङ्ग गाउपालिका वडा नं. १० स्थित हुग्दीखोला नजिकैबाट त्रिुशलीमा खसेको हो ।
विहान ५ बजे भएको दुर्घटनामा ३ जनाको सकुशल उद्वार गरी काठमाण्डौ उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । त्रिशुलीमा ट्रकको केही भागमात्र देखिएको अवस्थामा रहेको छ ।
याे पनि पढनुहाेसः
नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङबाट दानमा पाएको जग्गासम्बन्धी विवादमा दायर भएको रिट निवेदनको पेसी न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा तोकिएको छ।
यसअघि आइतबार उक्त मुद्दा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा पेसी परेको थियो । तर हेर्न नभ्याउने हुँदै स्थगित भएपछि मंगलवार पुनस् नयाँ इजलासमा पेसी तोकिएको हो । अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा आज पनि सुनुवाई हुने सम्भावना न्यून रहेको छ। उक्त मुद्दा भन्दा अघि १७ थान मुद्दा सुनुवाईका लागि पेसी तोकिएका छन् । सोही कारण उक्त मुद्दाको सुनुवाई हुने सम्भावना न्यून रहेको हो ।
उक्त मुद्दामा पहिलो सुनुवाई गर्दै सर्वोच्चले कात्तिक १२ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक गुरुङसँग जग्गा तत्काल लिने कार्य रोक लगाएको थियो । अधिवक्ता बस्नेतले एमालेलाई जग्गा दान दिने गुरुङको निर्णय अन्तरिम आदेश मार्फत बदर गर्न माग गर्दै कात्तिक ७ गते रिट दायर गरेका थिए ।










प्रतिक्रिया