गृह पृष्ठ

थुलुङ दुधकोशी सामुदायिक अस्पतालले शल्यक्रिया मार्फत तेस्रो पटक सफल प्रसुती


३१ जेष्ठ २०८१, बिहिबार ००:००


काठमाडौं,सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं ६ मुक्लिमा रहेको दुधकोशी सामुदायिक अस्पतालले शल्यक्रिया(अप्रेसन)मार्फत तेस्रो पटक सफल प्रसुती गराएको हाे ।

यस थुलुङ दुधकोशी अस्पतालमा तेस्रो पटक शल्यक्रिया सफल भएको र आमाछोरीलाई शीघ्र स्वास्थ्या लाभको कामना ब्यक्त गर्दै
अस्पतालमा तेस्रो पटक आज थुलुङ दुधकाेशी गाउँपालिकाको वडा नं ८ देउसाकी २० वर्षीया वसन्ती राईको अप्रेसन विधिबाट सफल प्रसुती गराईएको अध्यक्ष असिम राईले जनाउनुभएको छ।

राईले बिहान ६:१२ मा छोरीलाई जन्मदिनुभएको अस्पतालले जनाएको छ।अस्पतालले हालसम्म तीनजना सुत्केरीहरुलाई सफलतापुर्वक अप्रेसनमार्फत सुत्केरी गराएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो।प्रवक्ता कार्कीका अनुसार अस्पतालमा सुत्केरी गराउँनेको संख्या ६ पुगेको छ।

विशेषज्ञ डाक्टरसहित सेवा सुरु गरेको दुधकोशी सामुदायिक अस्पतालले गाउँमै अप्रेसन सेवा समेत सुरु गरेपछि तल्लो क्षेत्रका गर्भवती महिला तथा सुत्केरीहरुलाई सहज भएको छ । अप्रेसनका लागि खर्च गरेर सुविधा सम्पन्न स्वास्थ्य संस्था धाउँनुपर्ने बाध्यताको अन्त्य भएको भन्दै नागरिकहरु खुसी भएका छन् ।

ग्रामीण भेगमा भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानले सार्थकता पाउँदै गएको गाउँपालिकाका अध्यक्ष असिम राईले बताउनुभयो ।सुत्केरी हुन लागेका गर्भवती महिला दिदिबहिनीहरुले चाँडो उपचार नपाउँदा ज्यान गुमाउँन पर्ने अवस्थाको यसले अन्त्य गरेको वहाँको प्रतिक्रिया छ।दक्ष नेतृत्वका कारण ग्रामीण भेगका जनताले यो अवसरको उपयोग गर्न पाएको भन्दै स्थानीयले अध्यक्ष असिम राईको प्रशंसा गर्ने गरेका छन्।

प्रकाशित : ३१ जेष्ठ २०८१, बिहिबार ००:००