खोटाङको दिक्तेल बहुमुखी क्याम्पसको क्याम्पस सभाबाट निर्वाचित समितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन । गत बैशाख १६ गतेको क्याम्पस सभाले निर्वाचित गरेका क्याम्पस सञ्चालक समितिका पदाधिकारीले आज बिहिबार पदभार ग्रहण गरेका हुन् ।
सभाबाट नेकपा माओबादी केन्द्रकी नेतृ तथा पुर्वसांसद दुर्गाजयन्ती राईको अध्यक्षतामा ५ सदस्यीय क्याम्पस सञ्चालक समिति गठन गरेको थियो ।समितिको उपाध्यक्षमा पुर्णराज राई, सदस्यहरुमा प्रकाश कुमार श्रेष्ठ, ध्यान बहादुर राई, दिनेश कुमार घिमिरे, राम बहादुर बजगाँई र टिका खत्री सर्वसम्मत भएका छन ।
यस्तै क्याम्पसको पदेन सदस्यहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ का अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधी रहने व्यवस्था छ ।
क्याम्पस सञ्चालक समितिमा एमाले निकट उम्मेद्धारहरुले उम्मेद्धारी दर्ता गराएका थिएनन । माओबादी, नेपाली काङग्रेस सहितका दलको संयुक्त गठबन्धनबाट मात्र उम्मेद्वारी परेकाले सर्बसम्मत चयन भएका छन ।











प्रतिक्रिया