ताजा घटना

दुबईबाट नेपाल आएका युवकमा मंकीपक्सको संक्रमण नभई कुष्ठरोग


३ असार २०७९, शुक्रबार ००:००


दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स भाइरसको संक्रमण नभएको जानकारी प्राप्त भएको छ । टेकु अस्पतालका एक डाक्टरले ती व्यक्तिमा मंकीपक्स नभई कुष्टरोगको लक्षण देखिएको जानकारी दिए ।

बिहिबार दुबईबाट काठमाडौँ आएका एक युवकमा मंकीपक्स भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निगरानीमा राखिएको थियो ।

प्रकाशित : ३ असार २०७९, शुक्रबार ००:००