खोटाङमा मोटरसाईकल दुर्घटनाका घाईते निश्चल राईको उपचारको क्रममा ज्यान गएको छ । गत चैत्र २८ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलाका राईको उपचारको क्रममा काठमाण्डौको अन्नपुर्ण न्यूरो सर्जरी अस्पतालमा ज्यान गएको हो ।
नेकपा माओवादी केन्द्रका नेता एवंम् राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष सुरेस राईका अनुसार म ध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ काँडेस्थित सडकखण्डमा मोटरसाइकल एकआपसमा जुध्दा गम्भीर घाईते भएका राई लाई हेलिकप्टर मार्फत उपचारको लागि सोही दिन काठमाण्डौ लगीएको थियो । मृतक राई नुनथलाकै २७ वर्षीय अगम राईले चलाएको बा ६६ प १९९४ नम्बरको मोटरसाइकलको पछाडी चढेर दिक्तेलबाट नुनथला जाँदै गर्दा दुर्घटना मा परेका थिए ।
विपरीत दिशाबाट आएको बा ६० प ६८६ नम्बरको मोटरसाईकलले उनीहरुलाई ठक्कर दिएको थियो । दुर्घटना लगत्तै निश्चल सहित अगम र चालक बाम्राङका १७ वर्षीय अश्विन राईलाई फेमेली केयर अस्पताल दिक्तेलमा उपचारमा लगिएको थियो । फेमली केयर अस्पतालमा उपचार संम्भव नभएपछि निश्चललाई सोही दिन हेलिकोप्टर चार्टड गरेर काठमाण्डौ लगिएको थियो ।









प्रतिक्रिया