मनोरञ्जन

दुर्लभको शब्द,भीषण को स्वर र विल्सन को अभिनयमा ए सिम्मा सार्वजनिक (भिडियोसहित)


२२ आश्विन २०७८, शुक्रबार ००:००


२२असोज,काठमाडौ                                               गायक भीषण मुकारुङ को नयाँ गीत ए सिम्मा  सार्वजनिक भएको छ ।  खुर्सानी डल्ले भाग २ को रुपमा आएको उक्त ‘ए सिम्मा’को म्युजिक भिडियोमा हास्यकलाकार विल्सन बिक्रम राई, रजनी गुरुङ, विशाल लिम्बु,श्याम राई र भीषण मुकारुङले अभिनय गरेका छन् ।

दुर्लभ जन्तरे को अत्यन्तै मार्मिक शब्द रहेको ए सिम्मा लाई विशेष खालिङले संगित भरेका छन । चन्दु गोर्खालीको सङ्गीत संयोजन,बिबेक रनपयेली को रेकर्डिङ, देबेस राईले मिक्सिङ तथा मास्टरिङ गरेका छन।

एकतर्फी सिम्माको मायामा रम्न पुगेका युवक अर्कैसङ्ग बिबाह गरेर जाँदाको दु:खद क्षणलाई कुशलता पुर्वक निर्देशन पनि तक्मे बुढा आफैले गरेका हुन।

यसअघि दर्जनौं म्युजिक भिडियो एवं टेलिश्रृंखलामा समेत निर्देशन गरिसकेका राईले प्रस्तुत गीतमा दर्शकलाई एकैक्षणमा हसाउँदै रुवाएका छन ।

उक्त भिडियोमा शृङ्गार सिमा गुरुङ,कला सुजन राई ,कमल राईको कोरियोग्राफी,सिनेमाटोग्राफर बिक्रम डिसी, मनोज कार्की को सम्पादन रहेको छ।
तक्मेबुढा डट कम बाट सार्वजनिक ए सिम्मा दर्शकहरुले रुचाउने निर्माण पक्षको अपेक्षा छ।

भिडियो यहाँ हेर्नुहोला

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार ००:००