मनोरञ्जन

दुर्लभ जन्तरेको निर्देशन,श्रेया राईको पहिलो अभिनयमा परेलीको बाटो हुँदै सार्वजनिक (भिडियोसहित)


२४ आश्विन २०७८, आइतबार ००:००


२४ असोज,काठमाडौं

गितकार तथा निर्देशक दुर्लभ जन्तरेको निर्देशनमा परेलीको बाटो हुँदै बोलको भिडियो ट्वभेल नोट्स च्यानलमार्फत सार्वजनिक भएको छ।

श्रेया राईको स्वरमा सजिएको उक्त गित बस्ती राई बगर को शब्द,कुमार प्रयासको सङ्गीत,देबेश राईको सङ्गीत संयोजन रहेको छ भने बिप होप ले पृथक स्टुडियोमा रेकर्ड गरेका हुन।

अस्मिता राईको शृङ्गार,रक्षा कलेक्सनको भेषभुषा, सफल मोसन पिक्चर्सको पोष्ट प्रोडक्सन,सह निर्देशन दिनेश खनाल,सिनेमाटोग्राफर गङ्गाराम राई,बिष्णु खड्का को सम्पादन रहेको छ।

भ्वाइस अफ नेपाल बाट चिनिएकी गायिका श्रेया राई पहिलो पटक आफ्नै गितमा मोडलको रुपमा आएकी छिन । कमल सिङ र दुर्लभ जन्तरे स्वयं को शशक्त अभिनय देख्न सकिन्छ ।

एक लागुऔषध दुर्ब्यसनी प्रेमी सङ्गको सङ्गत मन नपरेका दाईले बहिनी प्रती माया दर्शाएको कथामा बनेको छ।
मोटरसाईकल दुर्घटनामा परी प्रेमीले संसार छाडेको र बहिनी ले पनि खुट्टा गुमाई अपाङ्ग हुनुपरेको दु:खद कथा  बोकेको उक्त भिडियो को लेखन तथा निर्देशन जन्तरेकै रहेको छ।

भिडियो यहाँ हेर्नुहोला
https://youtu.be/-dLpVTXy2Uw

प्रकाशित : २४ आश्विन २०७८, आइतबार ००:००