रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित राममणि बहुमुखी क्याम्पसका विज्ञान तथा प्रविधि सङ्कायमा अध्यापन गराउने शिक्षकलाई निलम्बन गरिएको छ । छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेपछि शिक्षक केशव ढुङ्गानालाई निलम्बन गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।
असार २७ मा कक्षा १२ मा अध्ययनरत छात्रालाई स्वास्थ्यमा समस्या आएपछि डेरामा छाड्न जाँदा ढुङ्गानाले शारीरिक दुर्व्यवहार गरेको आरोप छ । आफूलाई विज्ञान शिक्षक ढुङ्गानाले दुर्व्यवहार गरेको पीडित छात्राले आरोप लगाएकी हुन् ।
घटना छानबिन गर्न क्याम्पस प्रशासनले विज्ञान तथा प्रविधि सङ्कायका संयोजक अरुण कुमार केवटको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ ।
दुर्व्यवहार गरेपछि आफूले शिक्षकलाई थप्पड हानेको र सो कलेजमा पढ्दिन भनेर पीडित छात्राले एक जना अगुवा विद्यार्थीलाई गरेको मेसेज गरेकी थिइन् ।











प्रतिक्रिया