Breaking News Post

धोबीखोलामा कार खस्याे


२१ पुस २०८१, आइतबार ००:००


काठमाडौंंको धोबीखोलामा कार खसेको छ । बी एए ८७१४ नम्बरको सेतो रंगको कार आज बिहान मदन भण्डारी कलेज नजिकको खोलामा खसेको हो । कार खोलामा उत्तानो परेको छ ।

कार चालक ललितपुरको कुपण्डोल बस्ने विनित विक्रम सिजापतिले जिम गर्न जाँदै गर्दा बढी मोडिएर कार खसेको प्रहरीलाई बताएका छन् । नयाँबानेश्वरका डिएसपीले विरेन्द्र गोदारले कार दुर्घटनामा मानवीय र सार्वजनिक सम्पत्ति क्षति नभएको बताए ।

प्रकाशित : २१ पुस २०८१, आइतबार ००:००