Breaking News Post

नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिए


१६ मंसिर २०८१, आइतबार ००:००


काठमाडौँ, चार देशका लागि नियुक्त नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी,जर्मनीका लागि डा.शैल रुपाखेती,अरेवियाका लागि नरेशविक्रम ढकाल र अष्ट्रेलियका लागि चित्रलेखा यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा सहभागी थिइन् ।

याे पनि पढनुहाेसः

काठमाडौं, कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार राति अबेरबाट सुरु हुने भएको छ । २० स्थलमा ३८ मतदान केन्द्रबाट मतदान जारी रहेको छ । मतगणनाको पूर्व तयारी भइसकेको कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुर्षोत्तम पौड्यालले जानकारी गराए ।

नगरपालिकाको हलमा मतगणना गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । ‘मतपत्रका सबै बाकस आउनु पर्‍यो । भण्डारण गर्नुपर्‍यो । सर्वपक्षीय छलफल गर्नुपर्‍यो,’ पौड्यालले अनलाइनखबरसँग भने,‘सम्भवतः राति १० बजेपछि मतगणना सुरु हुन्छ ।’

हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मत खसाल्ने कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३१ हजार ११२ मतदाता रहेको कीर्तिपुरमा दिउँसो २ बजेसम्म १७ हजार बढी मत खसेको सहायक निर्वाचन अधिकृत पौड्यालले जानकारी गराए । कीर्तिपुरमा प्रमुख र वडा नम्बर १ र ४ वडाध्यक्षका लागि मतदान भइरहेको छ ।

नगर प्रमुखका लागि २० जनाको उम्मेदवारी परेको थियो । एकीकृत समाजवादीका भानु रिजालले माओवादी केन्द्रका उम्मेदवार र स्वतन्त्रका नरेश श्रेष्ठले अर्का स्वतन्त्र उम्मेदवार राजमान मानवलाई समर्थन गरेका छन् ।

प्रकाशित : १६ मंसिर २०८१, आइतबार ००:००