गृह पृष्ठ

निकिता पौडेलले आफ्नो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाणित गर्न चुनौति


२ पुस २०८१, मंगलबार ००:००


काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलले आफ्नो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाणित गर्न चुनौति दिएकी छन्। विभिन्न सञ्चारमाध्यममा रवि हिरासतमा रहेको बेला अनावश्यक प्रचार गरी पुरुषार्थ देखाएको उनको टिप्पणी छ।

आज विहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो- तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कतिरु अलिकति मलाई पनि देऊ न भन्नु भयो। मिडियाले अनावश्यक प्रचार गरी पुरुषार्थ देखाइरहेका छन्,’ उनले सामाजिक सञ्चालमा लेखेकी छन्। रविका विषयमा समाचार लेख्दा मिडियाले धर्म छोडेको उनको टिप्पणी छ।

यस्तो छ निकिताले लेखेको स्टाटस

आज विहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति रु अलिकति मलाई पनि देऊ न।’

मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु। बुवा–छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको ‘मिडिया ट्रायल’ को। कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्।

मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र रु आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु १ समाचार लेख्नेमाथि दया लागेर आउँछ।

खाता मेरो हो। यति–उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि । श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु। मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।

प्रकाशित : २ पुस २०८१, मंगलबार ००:००