गृह पृष्ठ

नेकपा (एमाले) सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्चले चुनावी अभियान कार्यक्रम गर्ने


११ कार्तिक २०७९, शुक्रबार ००:००


नेकपा एमाले सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्चले नेकपा एमालेले आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउने लक्ष्यसहित चुनावी अभियान कार्यक्रम काठमाडौं, सुकेधारास्थित नवदुर्गा पार्टी प्यालसेमा गर्ने भएको छ ।

एमाले नेता तथा कार्यकर्ताहरुको वृहत भेला गरी आगामी मंसिर ४ को प्रादेशिक तथा संघीय चुनावमा सुखी नेपाली र समृद्ध नेपाल नेपाल निर्माणका लागिपार्टी जिताउ अभियान बारे विशेष छलफल हुने र उक्त अभियानका लागि व्यवस्थित ढंगबाट कार्यकर्ताहरुलाई परिचालन गर्ने र गराउने सम्पर्क मञ्चका अध्यक्ष नन्दकुमार बास्तोलाले बताए ।

उक्त कार्यक्रममा एमाले पार्टी केन्द्रीय नेताको प्रमुख आतिथ्यतामा सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभाको उम्मेद्वार मानवीर राई, प्रदेश सभा (क) का बुद्धिकुमार राजभण्डारी र (ख) का उत्तम कुमार बस्नेतका साथै जिल्लाका नेताहरुको उपस्थिति समेत रहने सम्पर्क मञ्चका अध्यक्ष बास्तोलाले बताए ।

प्रकाशित : ११ कार्तिक २०७९, शुक्रबार ००:००