सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले किसानहरुलाई अनुदानमा धान, गहुँ तथा कोदो कुट्ने आधुनिक मेसिन वितरण गर्ने भएको छ । प्रविधिको माध्यमबाट किसानलाई अन्न कुट्न छिटो र सरल हुने भएकाले ५० प्रतिशत अनुदानमा थ्रेसर वितरण गर्न लागेको गाउँपालिकाले जनाएको छ ।
कृषक समुह, कृषि सरकारी संस्था, निजी कृषि फर्म, कृषि उद्यमी तथा निजी कृषकहरुले यही वैशाख १७ गतेसम्म पालिकामा आवेदन दिने गरी सुचना जारी गरिइएको कृषि शाखा प्रमुख सविता बास्ँतोला जानकारी दिइन् ।
गाउँमा कृषिमा काम गर्ने बढ्दो जनशक्ति अभावका कारणले यान्त्रिकरणलाई जोड दिएको नेचासल्यान गाउँपालिका उपाध्यक्ष बिना राईले बताइन् । जिल्लाको दक्षिणी भेगमा रहेको उक्त पालिका जिल्लाकै कृषिका लागि उर्वराशील जमिन बढी भएको र यहाँ कृषिमा आधुनिकीकरण गर्नु जरुरी भएकाले कृषकका लागि थे्रसर मेसिन बाढ्न लागेको गाउँपालिका अध्यक्ष धनजन राईको भनाई छ ।









प्रतिक्रिया