गृह पृष्ठ

नेचासल्यानमा सुरु भयो ३ दिने क्षमता विकास तथा भाषणकला तालिम


१९ जेष्ठ २०८०, शुक्रबार ००:००


सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा ३ दिने क्षमता विकास तथा भाषणकला तालिम सुरु भएको छ । नेचासल्यान गाउँपालिकाको आयोजनामा विहिबारबाट सुरु अगुवा महिलाहरुको लागि क्षमता विकास तालिमको गाउँपालिकाका उपाध्यक्ष बिना राईले उद्घाटन गरिन् ।

तलिमको उद्घाटन गर्दै नेचासल्यान गाउँपालिका उपाध्यक्ष राईले आफु निर्वाचित भएपछि महिलाहरुलाई प्राथमिकता दिएर काम गरिरहेको बताईन् । महिला घरमा मात्रैसिमि हुनुहुँदैन भन्ने धेयले गाउँपालिकाले पालिका भित्रका अगुवा महिलाको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको बताईन् ।

नेचासल्यान गाउँपालिकाले महिलाहरुका लागि सिपमुलक तथा ज्ञान बर्दक र अन्य सवालमा आगामी आर्थिक वर्षमा पनि काम गर्दै जाने उनले बताईन् । नेचासल्यान गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम भट्टराईले महिलाहरुले परिवारको नेतृत्व लिएझै अब समाज र देशको विकासका लागि रुपान्तरणको भुमिका खेल्ने गरि तालिममा सिकेका कुरा कायाृनवयन गर्न आग्रह गरे ।

नेचासल्यान गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भोजनारायण राजभण्डारीले तालिम सिकाईको महत्वपुर्ण भाग रहेकाले उपलब्धीमुलक बनाउन आग्रह गरे । हरेक योजनामा समेत महिलाले नेतृत्व लिन सक्ने बताउँदै तालिमबाट सिकेका कुरालाई क्षमता विकासका रुपमा उपयोग गर्न आग्रह गरे ।

राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष उत्रमान राईले महिलाले आफ्नो क्षमता विकास गरी देश विकासमा महत्वुर्ण भुमिका खेल्न सक्ने बताए । हिमाल एफ.एम.का प्रब्रन्ध निर्देशक भानुभक्त निरौलाले महिला चुल्होचौकामा मात्रै सिमित नभई सामाजिक विकासका लागि पनि महत्वपुर्ण भुमिका खेल्न सक्ने भएकाले क्षमता विकास आवश्यक रहेको बताए ।

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार ००:००