Breaking News Post

नेपालमा सी-१७ ए ग्लोबमास्टर विमानमार्फत राहत पठाउँदै अस्ट्रेलिया


१५ भाद्र २०८३, सोमबार ००:००


१५ भदौ, काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीको प्रतिकार्यस्वरूप अस्ट्रेलिया सरकारले उद्धार तथा मानवीय सहायता सामग्री पठाउने भएको छ। अस्ट्रेलियाली रक्षा मन्त्रालयले राहत सामग्री, उपकरण र जनशक्ति बोकेको ‘रोयल अस्ट्रेलियन एयर फोर्स’ को ‘सी-१७ ए ग्लोबमास्टर ३’ विमान नेपाल पठाउन लागेको जानकारी दिएको छ।

नेपालले बेहोरिरहेको विपद्‌मा सिङ्गो अस्ट्रेलिया सरकारको साझा प्रतिकार्य अन्तर्गत यो सहयोग उपलब्ध गराउन लागिएको विदेश मन्त्रालयले जनाएको छ ।

अस्ट्रेलियाली रक्षा बलले त्यहाँको परराष्ट्र तथा व्यापार मन्त्रालयलाई सघाउँदै उक्त ट्रान्सपोर्ट विमान उपलब्ध गराएको हो।

रक्षा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, मानवीय सहायता तथा विपद् राहत सामग्री, आवश्यक उपकरण र जनशक्ति बोकेको उक्त विमान केही दिनभित्रै अस्ट्रेलियाबाट नेपालतर्फ प्रस्थान गर्नेछ।

प्रकाशित : १५ भाद्र २०८३, सोमबार ००:००