आर्थिक

नेपाली बजारमा सुनको मूल्य ३५०० ले घटयाे


२ जेष्ठ २०८२, बिहिबार ००:००


काठमाडौं, नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले घटेको हो।

यसअघि बुधबार १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोवार भैइरहेको छ। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित : २ जेष्ठ २०८२, बिहिबार ००:००