काठमाडौं, ताप्लेजुङमा नो केवलरकार समूह र प्रहरीबीच झडप भएको छ । झडपमा परी १२ जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाल प्रहरीका ६ सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारी १ गरी १२ जना रहेको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताइन् ।
सुरुमा माइकिङ गर्दै पानीको फोहोरा हानीको उनको भनाइ छ । प्रदर्शन उग्र भएपछि सुरक्षाकर्मीहरुले अश्रु ग्यास र लाठी चार्ज गरेका थिए । ५ राउण्डभन्दा बढी अश्रु ग्यास प्रहार भएको प्रहरीको भनाइ छ ।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि तनाव सिर्जना भएको छ ।
नो केबलकार समूह क्षमा पूजाको नाममा त्यहाँ पुगेका थिए । उनीहरुले केबलकार निर्माणस्थलमा पुगेर केही बेर भाषण गरेको र त्यसपछि प्रहरीलाई ढुंगामुढा गरेपछि झडप भएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले क्षमा पुजाको नाममा राजेन्द्र महतो,रकम चेम्जोङ, डकृेन्द्र थेगिम, राम मादेन, प्रेम एक्तेन, चन्द्र मादेन सहितका नेताहरु त्यहाँ पुगेको बताए ।
उहाँहरुले केही समय भाषण गर्नुभयो । करिब ३ बजेतिर सुरक्षा निकायले राखेको घेरा तोडेर ढुंगा, मुढा हान्नुभयो । ५० मिटरको दुरी पनि नराखी ढुंगा हान्नुभयो । त्यसपछि हामीले पानीको फोहोरा र अश्रुग्याँस हान्नुपर्यो,’ शर्माले भने,।’
आन्दोलनकारीले सशस्त्र प्रहरीले प्रयोग गरेका सेफ्टी ढाल ५ वटा र मेगा फोन १ वटामा पूर्ण क्षति गराएको शर्माले बताए । निर्माणस्थलमा सुरक्षाकर्मीले राखेको नो इन्ट्री भनिएको ठाउँमै पुगेर उनीहरुले भाषण गरेका थिए ।
झडपका क्रममा घाइतेलाई लिन पठाएको एम्बुलेन्समाथि आक्रमण हुँदा चालक घाइते भएको शर्माले बताए । सो गाडीमा नागरिक समाज र पत्रकारहरु सवार थिए । त्यसको चालक घाइते हुनुभएको छ । गाडी तोडफोड भएको छ,’ शर्माले भने ।











प्रतिक्रिया