गृह पृष्ठ

न्याय परिषदकाे बैठक भइरहदा बारले विरोध, परिषद घेराउ गर्दै धर्ना


११ आश्विन २०८१, शुक्रबार ००:००


काठमाडौँ, न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बैठक बोलाएर छलफल थालेपछि नेपाल बार एसोसिएसनले परिषद् परिसरमा पुगेर धर्ना सुरु गरेको छ। बिहान १० बजेदेखि सुरु भएको परिषद्को बैठकमा न्यायाधीशको नाममा छलफल थालेपछि बारले विरोध स्वरूप परिषद् घेराउ गर्दै धर्ना दिएको हो ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले गैर संवैधानिक रूपमा बलजफती न्यायाधीश नियुक्तिको कोसिस भएपछि आफूहरू धर्नामा उभिएको बताए । अवकाशमा जान लागेका प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले परिषद्को बैठक बोलाएर नाममै छलफल थालेपछि बारले नाराबाजीसहित धर्ना सुरु गरेको हो । परिषद्ले सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा १६ न्यायाधीश नियुक्तिको तयारी गरिरहेको छ।

याे पनि पढनुहाेसः

काठमाडाैँ, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय तालिका परिवर्तन गरिएको छ । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक सोही दिन बिहान ९ बजेका लागि बोलाइएको कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

ुआइतबार दिनको २ः०० बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने भनिएकोमा उक्त बैठक २०८१ असोज १३ गते बिहान ९ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ‚’ विज्ञप्तिमा उनले लेखेका छन् । बैठक आइतबारका लागि पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बोलाइएको हो । बैठकमा उपनिर्वाचनका लागि दल दर्ताको एजेन्डा मुख्य रहेको छ ।

प्रकाशित : ११ आश्विन २०८१, शुक्रबार ००:००