काठमाडाैँ, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबीच क्यानाडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल–रोमानिया सम्बन्ध तथा २ देशबीचको आपसी हितका विविध विषयमा कुराकानी भएको छ ।
क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा. राणा हाल क्यानाडामा छिन् । भेटवार्ताका क्रममा नेपालका हाइड्रोपावर लगायतका विभिन्न क्षेत्रमा लगानीका लागि मन्त्री डा.राणाले उनीमार्फत् रोमानियाली सरकार र त्यहाँका लगानीकर्ताहरूलाई आग्रह गरेकी थिइन् ।
वार्तामा रोमानियाली विदेशमन्त्री लुमिनिताले नेपालमा जलस्रोत व्यवस्थापन, पर्यटन र शिक्षाका क्षेत्रमा काम गर्न सकिने गरी चासो देखाएकी थिइन् । २ देशबीचको द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा पनि भेटका क्रममा कुराकानी भएको थियो ।
याे पनि पढनुहाेसः
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि आज उज्बेकिस्तानको हुमो भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्सको मालेमा हुने खेल स्थानीय समयअनुसार राति साढे ८ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा पुलिस अपराजित छ ।
लिग चरणको खेलमा हुमो पुलिससँग सोझो सेटमा पराजित भएको थियो । लिग चरणमा पुलिसले श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई हराएको हो । बिहीबारको खेलमा भने पुलिसले माल्दिभ्सको वाम्कोमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको थियो । आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा पुलिसले माल्दिभ्स पुलिस क्लब ३–१ ले पराजित गरेको थियो ।











प्रतिक्रिया