गृह पृष्ठ

पशुपति आर्यघाटमा सीता दाहालको अन्तिम बिदाइ, प्रचण्डले दिए दागबत्ती


२८ असार २०८०, बिहिबार ००:००


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको अन्तिम बिदाइ गरिएको छ । बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम बिदाइ गरिएको हो ।

दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री तथा उनका श्रीमान् प्रचण्डले दागबत्ती दिए । सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो । अन्तिम संस्कारमा विभिन्न दलका नेता तथा शुभेच्छुकको सहभागिता रहेको थियो ।

बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो । दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री तथा सीता दाहालका श्रीमान् प्रचण्डले दागबत्ती दिए । सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाले सिता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । देउवाले भनेका छन्,, “नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसंगिनी, पार्टीकी नेतृ तथा केन्द्रीय सल्लाहकार सीता दाहालको निधनको खबरले स्तब्ध भएको छु ।

उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना साथ प्रचण्डजी लगायत शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।” ६९ वर्षीय सीता दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

प्रकाशित : २८ असार २०८०, बिहिबार ००:००