ताजा घटना

प’हिरोका कारण सोताङ–महाकुलुङ सडक अ’वरुद्ध


४ श्रावण २०७९, बुधबार ००:००


सोलुखुम्बु -प’हिरोका कारण सोलुखुम्बुको सोताङबाट महाकुलुङ क्षेत्र जाने सडक अ’वरुद्ध बनेको छ । आईतबार र सोमबार राती परेको बर्षातका कारण सडकमा ठुला–ठुला ढुंगा खस्नुका साथै प’हिरो जाँदा सवारी सञ्चालन ठप्प बनेको महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर १ ठेट्ना क्षेत्रको सडकमा माथीबाट ठुलो ढुंगा खसेको छ भने, सोही वडाको भुवाखोला छेउ र पात्ले क्षेत्रमा पनि प’हिरो गएको छ ।

सडक सुचारु गराउन गाउँपालिका अध्यक्ष आफै फिल्डमा निस्किएका छन् । सोताङबाट झिकाइएको जेसिबीले मर्मतको काम गरिरहेकाले आज(मंगलबार) दिउँसो सम्ममा सडक सुचारु हुने अध्यक्ष कुलुङले बताए ।

प्रकाशित : ४ श्रावण २०७९, बुधबार ००:००