काठमाडाैँ, धादिङको धुनिबेसी नगरपालिका वडा नं ९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ । अहिलेसम्म पहिरोमा परेकामध्ये ३५ जनाको शव भेटिएको छ ।
प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकी शव आइतबार फेला परेको हो । प्रहरीका अनुसार पहिरोमा पुरिएका माइक्रो बस र बस भेटिएको छ । पहिरोमा परेकाहरुको अहिलेपनि उद्धार कार्य जारी रहेको र २६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
याे पनि पढनुहाेसः
काठमाडौं, नेपाली सेनाको हेलिकप्टरले काभ्रेको बीपी राजमार्गमा फसेकाहरूको उद्धार सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अहिलेसम्म रोशी गाउँपालिकाको मंगलटार क्षेत्रबाट ८१ जनाको उद्धार गरेर धुलिखेल ल्याइएको छ ।
बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्डमा १ हजारभन्दा बढी नागरिक बसेको र उद्धार गर्नुपर्ने अवस्था रहेकाे छ ।’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दिनेशबहादुर कुँवरले भने, ‘सुरुमा नेपाली सेनाको हेलिकप्टर मार्फत मंगलटारमा खाद्यान्न पुर्याएर राजमार्गमा फसेकाहरूको उद्धार सुरु भएको छ । उद्धार गरिएकामध्ये १३ जना बिरामी रहेका छन् ।











प्रतिक्रिया