मनोरञ्जन

पुष्पा २ का निर्माताले भागदौडमा ज्यान गुमाएकी परिवारलाई २ करोड दिने


११ पुस २०८१, बिहिबार ००:००


‘पुष्पा–२ स् द रुल’ को स्क्रिनिङका क्रममा भएको भागदौडमा ज्यान गुमाएका महिला र उनका घाइते छोरालाई २ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरिएको छ । अल्लु अर्जुनका पिता तथा फिल्म निर्माता अल्लु अरविन्दले घटनामा घाइते बालकलाई भेटेर यस्तो घोषणा गरेका हुन् ।

उनले भने, ‘अस्पताल पुगेपछि र डाक्टरसँग कुरा गरेपछि बच्चा निको भइसकेको थाहा पाउँदा हामी धेरै खुसी भयौं। उनी छिट्टै पूर्णरुपमा निको होस् भन्ने कामना गर्दछु। उनले थप भने, ‘परिवार र बच्चालाई सहयोग गर्न हामीले २ करोड रुपैयाँ दिने निर्णय गरेका छौँ ।

१ करोड रुपैयाँ अल्लु अर्जुनले र ५० लाख रुपैयाँ तीन निर्माताले र ५० लाख रुपैयाँ निर्देशकले दिएका छन्। फिल्मस्टार अल्लु अर्जुन र उनको फिल्म ‘पुष्पा–२ स् द रुल’ को स्क्रिनिङका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो । यसपछि उनले एक रात जेलमा पनि बिताउनु परेको थियो ।

प्रकाशित : ११ पुस २०८१, बिहिबार ००:००