Breaking News Post

पूर्वराजालाई संसदमा बोलाउनुपर्ने जोड, तर संसदमा बोलाउन मिल्दैन : अधिवक्ता भट्टराई


२९ चैत्र २०८१, शनिबार ००:००


काठमाडौँ पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउनुपर्नेमा संसदहरुले जोड दिएपछि यसको पक्ष र विपक्षमा तर्क राख्नेक्रम जारी छ । यसै क्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पूर्वराजा शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् ।

पूर्वराजा शाहको उक्साहटमा चैत १५ गते तीनकुने घटना भएको भन्दै उनलाई संसदीय समितिमा बोलाउनुका साथै कारबाहीको दायरा ल्याउनुपर्ने आवाज उठ्न थालेपछि उनले सामाजिक सञ्जालमार्फत संसदीय अभ्यास, मूल्य, मान्यताका आधारमा त्यसो गर्न नमिल्ने बताएका हुन् ।

संसद्ले कार्यकारी अधिकार नभएको नागरिकलाई सिधै संसदमा बोलाउन नमिल्ने र त्यसो गरिएमा स्वयं संसदीय गरिमाको मूल्य मान्यतामा प्रश्न उठ्ने उनको भनाइ छ । उनी भन्छन्– ुकिन कारबाही भएन बनेर प्रधानमन्त्री र गृहमन्त्रीलाई संसद्ले जबाफदेही बनाउन सक्छ तर एउटा नागरिकलाई सिधै संसदमा बोलाउन मिल्दैन ।

प्रकाशित : २९ चैत्र २०८१, शनिबार ००:००