Breaking News Post

पूर्वराजाले संविधान विपरीत काम गरेकाले कारबाहीकाे माग छ : सांसद खतिवडा


६ चैत्र २०८१, बिहिबार ००:००


काठमाडौँ, नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले फागुन ६ गते प्रजातन्त्र दिवसका अवसरमा शुभकामनामा भिडियो सन्देश दिँदै पूर्व राजा शाहले शाही निशाना प्रयोग गरेको र श्री ५ को सरकार लेखेकाले कारबाही गर्न सरकारलाई निर्देशन दिन सभामुख देवराज घिमिरेलाई आग्रह गरेका हुन् ।

उनले २०६५ जेठ १६ गते शाही निशाना हटाए पनि अहिलेसम्म त्यो प्रयोग गरेर संविधान विपरीत काम गरेको बताए । खतिवडाले त्यो काम कसरी हुने अवस्था आयो भन्दै प्रश्न समेत गरे ।

प्रकाशित : ६ चैत्र २०८१, बिहिबार ००:००