काठमाडौं, पृथ्वी राजमार्ग दुई घण्टाका लागि फेरि बन्द गरिएको छ । १२ गतेको बाढीपहिरोपछि एकतर्फीरुपमा सञ्चालन भएको सडक दिउँसो २ बजेससम्मका लागि पूर्ण रुपमा बन्द गरिएको हो । झ्याप्लेखोलाको पहिरो पन्छाएर सडकलाई पूर्णरुपमा सञ्चालन ल्याउनका लागि २ घण्टाका लागि बन्द गरिएको सूचनामा उल्लेख गरिएकाे छ ।
लामो यात्रामा निस्कनुपर्ने भए नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर मात्रै निस्कन प्रहरीले अनुरोध गरेको छ । झ्याप्ले खोलाको पहिरोले बन्द भएको सडक सोमबारदेखि आंशिकरुपमा सञ्चालनमा आएको थियो । त्यहाँ पहिरोले ठूलो मानवीय क्षति पनि भएको थियो ।
याे पनि पढनुहाेसः
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । असोज १० देखि १२ गतेसम्म परेको वर्षाले काठमाडौँ उपत्यकासहितका जिल्लामा जनधनको ठुलो क्षति भएपछि प्रधानमन्त्रीले पत्रकार सम्मेलनमार्फत राहत प्याकेज घोषणा गर्न लागेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बाढीपहिरो र डुबानबाट भएको क्षतिको विवरणसमेत सार्वजनिक गर्ने र राहत प्याकेज घोषणा गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली सोमबार अमेरिका भ्रमण सकेर स्वदेश फिर्ता भएलगत्तै मन्त्रिपरिषद् बैठक राखेर विपत्तिमा निधन भएका परिवारका सदस्यलाई कार्यविधि अनुसार जनही दुई लाखका दरले सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसबाहेक प्रधानमन्त्रीसहित मन्त्रीहरूको १ महिनाको तलब राहतकोषमा जम्मा गर्ने र आजबाट तीन दिन राष्ट्रिय शोक घोषणासहित आधा राष्ट्रिय झण्डा झुकाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।











प्रतिक्रिया