गृह पृष्ठ

प्रचण्डले कुजात भनेर दिएको अभिव्यक्तिबारे प्रस्ट पार्न सभामुखसँग रुलिङको माग


२४ माघ २०८१, बिहिबार ००:००


काठमाडौँ, एमाले सांसद ईश्वरबहादुर रिजालले पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुजात भनेर दिएको अभिव्यक्तिबारे प्रस्ट पार्न सभामुखसँग रुलिङको माग गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रिजालले यस्तो माग गरेका हुन् ।

आजभन्दा अढाई महिनाअघिको कुरा हो । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक मञ्चमा कुजातहरुको सम्संर्गले हामी पनि बिग्रियौं भन्नभयो’, उनले भने, ‘त्यसपछि मैले बृहद शव्दकोष पल्टाए हेरेँ । त्यसमा तल्लो जात र अछुत भन्ने रहेछ ।

उनले त्यसपछि आफुले संविधानमा हेर्दा कतै नभेटिएको पनि बताए । फेरि मैले संविधानमा हेरेँ कुन अनुसूचिमा रहेछ भनेर । तर कतै छैन । अन्योल भयो, भ्रम भो । प्रमुख प्रतिपक्ष दलको नेतालाई यो कुजात भन्ने कहाँ छ रु उहाँलाई स्पष्ट पार्न सभामुखबाट रुलिङ होस’,रिजालको भनाइ छ ।

प्रकाशित : २४ माघ २०८१, बिहिबार ००:००