काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रचण्डले ज्ञानेश्वरस्थित सानो गौचरणमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो। सानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने ढुंगानाको परिवारले जानकारी दिएको छ। नेपाल सरकारले उनको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ।
याे पनि पढनुहाेसः
काठमाडौँ, कोरियाको भिषा त्यागेर कृषि पेशामा लागेका सोलुखुम्बुका दुर्गाधन राइ यति बेला आफ्नो पेषाले उनी आफै सन्तुष्ट रहेका छन । उनले शङखरापुरको पालुबारीमा राइ केही गरे नेपालमै सुन फल्छ भन्ने उदाहरण बनेका राइले आफ्नै कृषि फाममा यतिबेला अकबरे खाेर्सानी काउली लगाएतका तरकारी फलाएर नगरबासी लगायत अन्य ठाउहरूमा निर्यात गरेका छन ।
अकबरे खुर्सानीले राम्रो आम्दानी दिएपछि किसानको प्रमुख आम्दानीको स्रोत बन्दै गएको छ । अहिलेसम्म अकबरे खुर्सानीबाट राम्रो आम्दानी लिइरहेको र आफूहरूको आम्दानीको मुख्य स्रोत खुर्सानी खेती बनेको राइ बताउछन।
किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यका साथ १ वर्षअघि सुरु गरिएको अकबरे खुर्सानी खेतीमा अहिले एक चाेटीमा ७५ केजी टिपेकाे उनी बताउछन । अहिले अन्य खेती छाडेर अकबरे खुर्सानी खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।
उनको फाममा लोकल कुखुरा हास लगाएतको पशुपन्छी लगाएका उनको फाममा अन्नबाली समेत लगाएका छन । उनले कोरिया भुमीको दुःख त्यागेर आफ्नै देशमा पसिना बगाए सुन उत्पादन हुन्छ भन्ने कुराको यहा पुष्टि गरेका छन ।
१ बर्षको समयमै यस्तो प्रगति गरेका छन । २०११ मा कारिया गएका उनि फर्केपछि उनले याे फाम सञ्चालनमा गरेका छन । २ राेपनी जग्गामा उनले याे व्यवसाय गर्दै अाएका छन।











प्रतिक्रिया